यी टिप्स अपनाउनुस्, हाँस्दा पनि घट्छ तौल ! | Khabarhub Khabarhub

यी टिप्स अपनाउनुस्, हाँस्दा पनि घट्छ तौल !


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- खानपान र जीवनशैलीका कारण मानिसहरुको स्वास्थ्यमा समस्या देखिन्छ । स्वास्थ्यलाई सन्तुलित राख्न आवश्यक छ । यसका लागि विभिन्न उपायहरु अपनाउने गरिन्छ ।

मानिसहरु तन्दुरस्त तथा फिट हुन जिम जाने गर्छन्। तौल घटाउने अनि स्वस्थ रहने चाहना सबैलाई भए पनि जिम जाने समय सबैलाई नहुन सक्छ।

तौल घटाउन शरीरले कति क्यालोरी पाइरहेको छ र कति खपत भइरहेको छ भन्नेकुरा जान्नु जरुरी हुन्छ ।

मोटोपन कम गर्न के गर्ने ?

-मोटोपन कम गर्न चिसो पानी उपयोगी हुन्छ। जब शरीरमा चिसो पानी राखिन्छ तब उसले त्यो पानी तताउन थाल्छ, जसको लागि हाम्रो शरीरको क्यालोरी खर्च हुन्छ । शरीरमा तापक्रम सामान्य र मेटाबोलिज्म ठिक भएको कारण मानिसको तौल तीब्ररुपमा घट्छ ।

-हाँसोलाई सैयौँ दुखको एउटै औषधि भन्ने गरिन्छ । हास्नाले शारीरिक र मानसिक स्वास्थ्य सन्तुलित हुन्छ । एक अध्ययनका अनुसार हास्नाले मेटाबोलिज्मको दर १० देखि २० प्रतिशतसम्म बढ्छ, जसले शरीरमा क्यालोरी एकदमै छिटो बर्न हुन्छ र तौल घट्छ ।

-रक्तदान गनाले मानिसको शरीरको क्यालोरी भारी मात्रा बाहिर आउँछ । रक्तदानपछि प्रोटिन, रातो रक्तकोषहरु र अन्य तत्वहरु फेरि उत्पन्न हुनको लागि शरीरको एकदमै धेरै उर्जा खपत हुने गर्छ । जसकारण पनि शरीरको ल घट्छ । रक्तदानपछि मानिसको शरीरमा कमजोरी हुने गरेको कुरा तपाईंले पनि महसुस गर्नुभएको होला । यस्तो अवस्थामा शरीरको एकदमै धेरै क्यालोरी बर्न हुनेगर्छ ।

-यदि तपाईं बिना कुनै परिश्रम तौल घटाउन चाहानुहुन्छ भने चुईगम खान शुरु गर्नुहोस् । दिनमा २० मिनेट चुइगम खानाले तपाईंको तौल घट्न मद्दत गर्छ । चुइगम चपाउँदा मेटाबोलिज्म बढ्छ र शरीरम क्यालोरी बर्न हुन्छ । यद्यपि चुइगम चपाउनुभन्दा अघि त्यो सुगरफ्रि हुनु आवश्यक छ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ४ : ३६ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन