डा अधिकारीका अनुसार यी हुन्- डिप्रेसनका लक्षण र बच्ने उपाय  « Khabarhub

डा अधिकारीका अनुसार यी हुन्- डिप्रेसनका लक्षण र बच्ने उपाय 


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले कोरोना भाइरसको महामारीका कारण मानिसहरु मानसिक रोगको शिकार बनेका छन् । यो अवस्थमा अनावश्यक चिन्ता नलिन चिकित्सकहरुले सुझाउँदै आएका छन् ।

सबैभन्दा बलियो अस्त्र आत्मबल बढाउनुपर्ने उनीहरु सुझाउँछन ।

आत्मबल कमजोर हुँदा मानिसमा अनेकथरी विचलन आउने, स्वास्थ्य अवस्थासमेत कमजोर हुँदै जाने मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त अधिकारीले बताए ।

डा अधिकारीले डिप्रेसनलाई प्रभाव पार्ने, जैवीक, मनोवैज्ञानि र सामाजिक कारण हुने बताए । उनले डिप्रेसन जो सुकैलाई पनि हुनसक्ने बताए । उनले सेलीव्रेटीदेखि नेताहरुमा पनि डिप्रेसन हुनसक्ने बताए ।

उनका अनुसार डिप्रेसनका लक्षण यस्ता छन्-

–दुईसाता भन्दा बढी समयसम्म हरेक दिन निराशाको भावना आउने,
–दिक्दारीपन हुने,
–रमाउन मन नलाग्ने,
–थोरै काम गर्दा पनि गल्ने वा थाक्ने,
–भोक तथा निद्रामा गढबढी हुने,
–आफ्नो वरिपरिको वातावरण तथा भविष्य व्यर्थ लाग्ने,
– आफ्नो जीवन समाप्त भएपछि हुन्थ्यो भन्ने भाव आउने,
–आत्महत्याको भावना आउने,
–अन्तिम अवस्थामा पुग्दै जाँदा विक्षिप्त अर्थात साइकोसीस हुने
–शारीरिक सक्रियता हुने, थला पर्ने आदि डिप्रेसनको लक्षण हुन ।

उपचार पद्धति के त ?

उनले डिप्रेसनको उपचार पद्धति दुई प्रकारको भएको बताए । उनले डिप्रेसनको मनोवैज्ञानिक उपचार अर्थात साइकोथेरापी र अर्को औषधि उपचार भएको बताए ।

डा अधिकारीका अनुसार सामान्य र भर्खरै देखिएका डिप्रेसनका लक्षणहरुमा मनोपरामर्शले पनि निको हुनसक्छ ।

तर डिप्रेसनका कारण व्यक्तिको दैनिक तथा सामाजिक जीवनमा असर परेको छ भने त्यसको भने औषधि उपचार नै गर्नुपर्ने डा अधिकारीले बताए ।

उनले केही महिनाको उपचारले व्यक्ति पूर्ण रुपमा स्वास्थ्य हुने बताए । डिप्रेसन निको हुने रोग भएकाले डिप्रेसनको लक्षण देखिएमा तत्काल उपचार गर्न सबैलाई आग्रह गरे ।

उनले आत्मबल बलियो बनाउन सुझाउँदै संसारमा विगतमा धेरै थरिका महामारी आएकाले यो कोरोना माहामारी पनि टरेर जाने विश्वास गर्न सबैलाई आग्रह गरे ।

स्वास्थ्य सुरक्षा अपनाउँदै आत्मबल बलियो बनाउने हो भने  कोरोनाको त्रासबाट बच्न सकिने र मानसिक समस्या समेत नउब्जिने उनको धारणा छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ९ : ०१ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ