नेकपाको अन्तरपार्टी निर्देशन-५ जारी « Khabarhub

नेकपाको अन्तरपार्टी निर्देशन-५ जारी


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन-५ जारी गरेको छ ।

नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन-५ जारी गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनले केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीसहित पार्टी मातहतका सबै कमिटीलाई अन्तरपार्टी निर्देशन-५ जारी गरिएको बताए । यही भदौ २६ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको आधारमा अन्तरपार्टी निर्देशन-५ जारी गरिएको हो ।

पार्टीभित्र देखिएका समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदनलाई पार्टी स्थायी कमिटी बैठकले सुझावसहित पारित गरेको आधारमा अन्तरपार्टी निर्देशन-५ जारी गरिएको हो । अन्तरपार्टी निर्देशनमा पार्टीलाई जीवन्त बनाउने कुरा समेटिएका छन् । अन्तरपार्टी निर्देशन-५ मा १६ बुँदे निर्देशन रहेका छन् ।

अन्तरपार्टी निर्देशन-५ मा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा सङ्गठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन गर्नेजस्ता विषय समेटिएका छन् ।

यस्तै अन्तरपार्टी निर्देशन-५ मा सरकारका कामका सम्बन्धमा, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाइने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाइने, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा, कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनःरुत्थान गर्ने, बाढी पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्नेलगायत छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : ५४ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको