असोज ३ गते इलामेलीहरुको विश्व भेला हुने « Khabarhub

असोज ३ गते इलामेलीहरुको विश्व भेला हुने


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभरका इलामेलीहरुको भर्चुअल भेला हुने भएको छ । भेलाका लागि आगामी असोज ३ शनिबार साझ ५.३० बजेको समय तय गरिएको छ ।

जिल्ला समन्वय समिति इलामको संयोजनमा हुने विश्व इलामेली भेला (Global Ilameli Meet 2020)को तयारी तीव्र पारिएको छ ।

सम्मेलनको तयारीमा इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश न. १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्थाहरुको संलग्नता रहेको जानकारी भेलाका संयोजक एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिए ।

भेलाको मुख्य तीन उदेश्यहरु लिइएको छ । विश्वभर छरिएर रहेका इलामेलीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने, ज्ञान, सीप र क्षमतामा अभिबृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने र आसन्न कोभिड–१९ का कारण इलाम र इलाम बाहिर रहेका इलामेलीहरुमा कठिनाई भएमा आपसी सरसहयोग आदानप्रदान गर्ने उदेश्य रहेको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए ।

भेला कै क्रममा विश्वभरका इलामेली संघ, संस्थाहरु तथा इलामेलीहरुको तथ्यांक संकलन गरी व्यवस्थित गरिनेछ ।

यस भेलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुखहरु के. वी. गुरुङ र सुवासचन्द्र नेम्वाङलगायत मन्त्री, सासदहरु, राजनीति दलका प्रतिनिधिहरु, इलामका सबै स्थानीय तहहरु, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति हुने इलामेली समाज प्रदेश न. १ का अध्यक्ष कृष्ण शाहले जानकारी दिए ।

भेलाका लागि गठित समितिमा संयोजक गणेश बराल (प्रमुख, इलाम समन्वय समिति, इलाम) छन् । त्यस्तै सदस्यहरुमा राधेश्याम लेकाली (अध्यक्ष, इलाम विकास समाज, काठमाडौं), कृष्ण शाह (अध्यक्ष, इलामेली समाज प्रदेश न. १ इटहरी) रहेका छन् ।

यसैगरी मोहनकुमार सुवेदी (उपाध्यक्ष, इलामेली समाज प्रदेश न. १), प्रदीप घिमिरे (महासचिव, इलाम विकास समाज, काठमाडौं), ईश्वर श्रेष्ठ (कोषाध्यक्ष, इलाम विकास समाज, काठमाडौं), अर्जुन श्रेष्ठ (सचिव, इलामेली समाज प्रदेश न. १), सरस्वती कर्माचार्य (सदस्य, इलाम विकास समाज, काठमाडौं), यशोदा कायस्थ (अध्यक्ष, इलामेली समाज, सुनसरी), तिलत्तोमा खत्री (अध्यक्ष, इलाम झापा मैत्री समाज विर्तामोड नगर) र सदस्य सचिवमा अर्जुन भट्टराई (सचिव, इलाम विकास समाज, काठमाडौं) रहेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : ५९ बजे

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो