कोरोनाविरुद्धको ‘भ्याक्सीन’ नोभेम्बरसम्म सबै नागरिकलाई उपलब्ध हुने « Khabarhub

कोरोनाविरुद्धको ‘भ्याक्सीन’ नोभेम्बरसम्म सबै नागरिकलाई उपलब्ध हुने


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच चीनमा सेन्टर फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का एक अधिकारीले नोभेम्बरसम्म कोरोनाविरुद्धको भ्याक्सीन आम नागरिकको लागि उपलब्ध हुने बताएका छन् ।

चीनमा कोरोनाका ४ भ्याक्सीनमाथि रिसर्च भईरहेको छ । यी सबैको ट्रायल अन्तिम चरणमा रहेको छ । यी मध्ये तीन वटा भ्याक्सीन भने अत्यावश्यक कर्मचारीमा प्रयोग गरिसकिएको छ ।

जुलाईबाटै यो कार्यक्रम शुरु गरिएको थियो ।

सीडीसीका चीफ बायोसेफ्टी एक्सपर्ट गुईझेन वूले सरकारी टिभी च्यानलमा भने, ‘मैले आफैँ नै अप्रिलमा एक ट्रायलमा भाग लिएको थिएँ, अहिलेसम्म यसको केहि साइड इफेक्ट छैन ।’

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  २ : २९ बजे

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले