सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा « Khabarhub

सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन । तर सडक दिन प्रतिदिन भासिदै जाँदा कुनै न कुनै दिन ठूलो दुर्घटना निम्ताउने देखिन्छ ।

बागलुङ नगरपालिकाले साँघुरो सडक रहेको देउराली चोकदेखि सन्डाँडा जाने सडक ढालन गरिएको थियो । ढलान गरेको दुई वर्षमा नै सडक भासिएको छ । सडक भासिदा दुई घर विस्थापित भएका छन् भने आठ घर उच्च जोखिममा परेको छ । सडकको बीचभागमा बागलुङ नगरपालिकामा वितरण हुने खानेपानीको मुख्य पाइप राखिएको छ । उक्त पाइप पटक पटक फुट्दा दुर्घटनाको जोखिमसमेत बढाएको छ ।

सडक भासिएर निकै भिरालो भएको छ भने सवारी साधन मुस्किलका साथ आवतजावत भइरहेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको वैकल्पिक सडकका रुपमा रहेको उक्त सडक देउरालीचोकदेखि सुन्डाँडासम्म झण्डै एक सय मिटर भासिएको सिद्धिविनायक टोल विकास समितिका अध्यक्ष प्रद्युन्न श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सवारी गुड्नै नमल्निे गरी सडक भासिए पनि बैकल्पिक सडक नहुँदा जबरजस्ती सवारी गुड्न बाध्य भएका छन् । “हामीले पटक पटक वडा कार्यालय र बागलुङ नगरपालिकामा सडक मर्मतका लागि ध्यानार्कषण गराउँदासमेत अहिलेसम्म कुनै सुनुवाइ भएको छैन”, अध्यक्ष श्रेष्ठले भने, “सडकभन्दा धेरैतलबाट पहिरो समेत गएको छ, सामान्य खर्चले बन्न सक्ने अवस्था छैन, सवारी आवतजावत रोकेर तत्कालै सडक निर्माण थाल्नुपर्ने आवश्यकता छ ।”

सडक भासिन थालेपछि गत असोजमा रु. सात लाख खर्चेर मर्मत गरेपनि पुनः सडक भासिएर समस्या भएको बागलुङ नगरपालिका–३ का वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिए । “सडक मर्मतसम्भारका लागि हामी प्रयत्नशील छौं, जटिल भूगोल भएका कारण निरन्तर समस्या सृजना भइरहेको छ”, उनले भने, “नगरपालिकाले रु पाँच/सातलाख बजेट छुट्टाएर भए पनि तत्काल सडक मर्मत गर्नेछ ।”

उनका अनुसार सबै सडक पुरानै अवस्थामा फर्काउनका लागि रु. ५० लाखको लागत अनुमानसहित प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिएको छ ।

उक्त सडक भासिदा राजकपुर श्रेष्ठ र शशिकपुर श्रेष्ठको घर बस्नै नमिल्ने गरी चर्किएको बताइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : ३३ बजे

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि