विद्युत प्राधिकरणका कर्मचारीले गरे कुलमानको बिदाइ « Khabarhub

विद्युत प्राधिकरणका कर्मचारीले गरे कुलमानको बिदाइ


३० भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुलमान घिसिङलाई विद्युत प्राधिकरणका कर्मचारीहरूले औपचारिक बिदाइ गरेका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएपछि मंगलबार उनको बिदाइ गरिएको हो ।

मन्त्रिपरिषद्ले घिसिङलाई पुनर्नियुक्ति गर्न सक्ने सम्भावनाबीच बिदाइ कार्यक्रमलाई २ दिनसम्म रोकिएको थियो ।

सोमवारको मन्त्रिपरिषद् बैठकले पुनर्नियुक्तिको निर्णय नगरेपछि मंगलबार कर्मचारीहरूले उनको बिदाइ गरेका हुन् ।

बिदाइका क्रममा वक्ताहरूले घिसिङलाई पुन: स्वागत गर्न पाइने आशा पनि व्यक्त गरेका छन् ।

कार्यकाल सम्हाल्दै गर्दा दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगिरहेका उपभोक्तालाई घिसिङले लोडसेडिङ अन्त्य गरेर राहत दिएका थिए ।

निरन्तर घाटामा रहने प्राधिकरण उनको कार्यकालमा नाफामा समेत गएको छ ।

प्राधिकरणमा कुलमानलाई निरन्तरता दिन सरकारमाथि चौतर्फी दबाब छ । उनको पक्षमा सोमबार राजधानीमा प्रदर्शन समेत भएको थियो ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ३ : ४६ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ