वैदेशिक रोजगारीका समस्या हल गर्छु- नवनियुक्त महानिर्देशक « Khabarhub

वैदेशिक रोजगारीका समस्या हल गर्छु- नवनियुक्त महानिर्देशक


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशकमा डा. भिष्मकुमार भुसालले वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या हल गर्ने बताएका छन् ।

खबरहबसँगको कुराकानीमा भुसालले अहिले देखिएका समस्याको पहिचान गर्दै समाधानको उपाय खोज्न आफूले पहल गर्ने बताए ।

उनले भने , ‘सरकारले वैदेशिक रोजगारीसँगै विदेशी श्रम बजारलाई व्यवस्थित गर्ने बनाएको ऐनभित्र रहेर अनुगमन र नियमन गर्छु । यो क्षेत्रका बारेमा धेरै अनविज्ञ छु । केही समय अध्ययन गरेर समस्याको पहिचान गरि समाधानको उपाय तत्काल खोजिन्छ । राज्यले वैदेशिक रोजगारीमा जाने कामदारलाई सूरक्षीत, व्यवस्थीत र मयार्दित ढंगले पठाउनका लागि सवै विधि अपाउने छ ।’

राज्यले व्यवसायी र श्रमिकलाई समान व्यवहार गर्ने उनको भनाई छ । यो भन्दा अगाडीका महानिर्देशक दिलीपकुमार चापागाई वैशाख १५ गते अवकास हुने भएपछि बिदामा बसेका कारण डा भूसाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महानिर्देशक पदमा बुधबार नियुक्त गरेको थियो ।

नवनियुक्त महानिर्देशक भूसाल भुकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशाशकीय भएर काम गरिसकेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  १० : ५४ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले

हिमपहिरो विध्वंशको ११ दिनपछि तिब्बतको केरुङ पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

काठमाडौं- नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी फुटेर आएको भीषण बाढीबाट भएको

राक्सिराङमा चेपाङ समुदायको न्वागी पर्व, नयाँ अन्न पितृलाई चढाएर मनाइँदै 

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम)

कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्वी राजमार्गको कृष्णभिरमा

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे