कोरोना महामारीको समयमा बालबालिकाको मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने ? | Khabarhub Khabarhub

कोरोना महामारीको समयमा बालबालिकाको मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने ?


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमणको समयमा बालबालिकामा मनोवैज्ञानिक समस्या आउन नदिन अभिभावकले विशेष ध्यान दिनुपर्ने मनोचिकित्सक डाक्टर मिना राईले बताएकी छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा राईले बालबालिकामा हुने मनोवैज्ञानिक समस्याको विषयमा कुरा गर्दै अभिभावकहरुले विशेष ध्यान दिनुपर्ने बताएकी हुन् ।

नेपाल मनोचिकित्सक संघकी सहसचिव समेत रहेकी डा राईले कुनै पनि महामारीको सयमा बालकालिका आत्तिनु, डराउनु सामान्य प्रतिक्रिया भएको बताएकी छन् ।

महामारीको समयमा बालबालिकाको मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने ? 

कोभिड–१९ को महामारीले बालबालिकाहरुको मानसिक स्वास्थ्यमा असर पारिरहेको अवस्था छ ।

अभिभावकहरु चिन्तित हुनुहुन्छ । हामीले मानसिक स्वास्थ्य समस्या के कारणले भयो भनेर बुझ्नुपर्ने हुन्छ । बालबालिकामा मानसिक स्वास्थ्य समास्याको कारणहरुमा कोभिड १९ सँग जोडिएका त्रास, तनाव र चिन्ता हो । दोस्रो कुरा पारिवारिक र सामुदायिक वातावरण हो ।

किनकी अहिले विद्यालयहरु बन्द भएको अवस्था छ । त्यसैले बालबालिकाहरु अघिकांश समय घर परिवार तथा समुदायमै बिताइरहेका छन् । घर परिवार र समुदायमा भएका गतिविधिहरुले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पारिरहेको हुन्छ ।

बालबालिकाहरुले प्रत्यक्ष रुपमा आफ्ना अभिभावकलाई नै पीर परिरहेको, आत्तिएको देखिएरहेका छन् ।

समुदायमा घटिरहेका घटनाहरु हिंसा, लाञ्छनाहरु, घरभित्र तथा समुदायमा सुनेका कोरोना संक्रमित र मृत्युको समाचारले पनि असर परीरहेको हुन्छ ।

अभिभावकमा हुने चिन्ताहरु, कोरोना सम्बन्धी चिन्ता र लकडाउने निम्त्याएका समस्याहरु जस्तै जागिर गुमाउनु, व्यापार व्यवसायमा कमी आउनु, घरेलु हिंसा बढ्नु, लागुपदार्थ दुव्यसनीको सिकार हुनुले बालबालिकामा मानसिक स्वास्थ्य समस्या देखिन्छ ।

साधरणतया मानसिक स्वास्थ्यका तीनवटा लक्षण हुन्छन् । भावनात्मक लक्षण, शारीरिक लक्षण र आनीबानीमा हुने परिवर्तन ।

भावनात्मक लक्षणहरुमा बालबालिकाहरु धेरै तर्सिने, आत्तिने, डराउने, उदास हुने, चिन्तित हुने समस्या देखिन्छ ।

यस्तै शारीरिक लक्षणहरुमा टाउँको दुख्ने, पेट दुख्ने, शरीरको कुनै अंगहरु दुखेको कुरा गर्ने, मुर्छा पर्ने, सास फेर्न गाह्रो हुने, शरीर कमजोर हुने लक्षण देखा पर्छ ।

बालबालिकाहरुमा तनाव भएमा उनीहरुले भावनात्मक भन्दा बढी शारीरिक लक्षणका समस्या देखाइरहेका हुन्छन् ।

कुनै पनि बालबालिकाले यस्ता समस्याहरु सुनाए भने शारीरिकसँगै मानसिक स्वास्थ्यको विषयमा पनि ध्यान दिनुपर्छ ।

यस्तै अर्को आनीबानीमा देखिने परिर्वतन हुन्छ । जस्तै एकदमै रिसाउने, रिसाएर लडिबडि गर्ने, ओछ्यानमा पिसाब फेर्ने, अटेरी हुने, जिद्दी हुने, भनेका कुराहरु नमान्ने, लागुपदार्थको दुव्यसनमा पर्ने, आफूलाई हानी नोक्सानी पुर्‍याउने कार्य गर्ने गर्छन् ।

अहिले इन्टरनेटको सहजीकरणका कारण, ल्यावटप, मोवाइल सहज रुपमा चलाउन पाउँदा इन्टरनेट एडिक्सनको जोखिम पनि बढेको छ । यस्तै आफूलाई हानी नोक्सानी गर्ने, लागुपदार्थ सेवन गर्ने जस्ता जोखिम पनि बढेको छ ।
यस्ता लक्षण भएमा अभिभावकले विशेष ध्यान दिनुपर्छ ।

बालबालिकाको मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने ?

पहिलो कुरा अहिले कोरोनाको कारण सबै बालकालिका विद्यालय जान पाएका छैनन् । घरमै छन् । जसले गर्दा बालबालिकाको दैनिकी परिवर्तन भएको छ ।

पहिला पहिला स्कुल जाने, स्कुलबाट आएर होमवर्क गर्ने त्यसपछि सुत्ने दैनिकी थियो । तर अहिले त्यो दैनिकी परिवर्तन भएको छ । त्यसैले अभिभावकहरुले बालबालिकाको उमेर र बुझ्ने क्षमता अनुसार दैनिक बनाउनु पर्छ र त्यसलाई बालबालिकाले ‘फलो’ गर्नुपर्छ ।

बालबालिकाहरुलाई घरभित्रको खेलकुदमा प्रोत्साहन गर्न सकिन्छ । जस्तै घरभित्रै लुडो, चेस लगायतका खेल खेल्न सकिन्छ । बालबालिकाको इच्छा अनुसार नाच्ने, गाउँने, चित्र बनाउने कार्यमा लगाउन सकिन्छ ।

यस्तै बालबालिकाहरुलाई बालबालिकाको उमेर अनुसार घरको कामहरु लगाउन पनि सकिन्छ । जस्तै सरसफाइ, भान्सामा अभिभावकलाई सघाउने काम लगाउन सकिन्छ ।

अहिले धेरै जस्तो बच्चाहरु मोबाइल वा ट्याबमा बढी व्यस्त हुन्छन् । दैनिक पढाइ-लेखाइ बाहेक धेरैमा एकदिनमा एक वा दुईघण्टा मात्र मोवाइल चलाउन दिन सकिन्छ ।

तर त्योभन्दा धेरै समयमा भने दिनु हुँदैन । यसमा अभिभावकले पनि सोही किसिमको बानी गर्नुपर्छ । बालबालिकालाई २ घण्टा मात्र मोवाइल चलाउन दिने तर आफूले भने धेरै चलाएर बस्ने गर्नु हुँदैन । किनकी बच्चाहरुले सिक्ने भनेकै अभिभावकबाटै हो ।

बालबाबालिकासँग अभिभावकले गुणस्तरीय समय बिताउनुपर्छ । यसले बालबालिकाको मानसिक स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ । यस्तै अहिले आउने समाचारहरुमा पनि आधिकारिक र लिमिटेड मात्र दिनुपर्छ । जस्तै कोरोना भाइरस भनेको के हो ? यसबाट कसरी बच्ने भन्ने विषयमा जानकारी दिनुपर्छ ।

यसैगरी बालबालिकाको खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । तर यति गर्दागर्दै पनि समस्या देखिएमा अथवा मानसिक समस्याका लक्षणहरु दुई देखि ३ सातासम्म देखियो र बालबालिकाहरुको खानपान, निद्रामा गडबढी भयो भने स्वास्थ्यकर्मी वा मनोचिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।

लागुपदार्थको दुर्व्यसनी भयो भने पनि मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । यस्तै आफूलाई हानी नोक्सानी पुर्‍याउने व्यवहार र कुरा गरेमा पनि मनोचिकित्सक सँग परामर्श लिनुपर्छ ।

यसका लागि कान्ति बाल अस्पतालमा फ्रि हटलाइन, फ्रि भिडियो कन्सलटेसन सेवा २४ घण्टा नै संचालन भइरहेको समेत उनले बताइन । अथवा नजिकको स्वास्थ्यकर्मी वा मनोचिकित्सकसँग परामर्श लिनुपर्ने समेत उनको सुझाव छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : २८ बजे

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो

चितवन – चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित

गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम

पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं-  झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने