दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने « Khabarhub

दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गर्न लागेको दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्ने भएका छन् ।

एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोवर ९ र १० (असोज २३–२४) दुई दिनसम्म चल्ने भर्चुअल सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भएका हुन् ।

सम्मेलनमा संयुक्त राष्ट्र संघअन्तरर्गतको विश्व खाद्य संगठन, आइएलओलगायत इसिमोड, एसियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।

नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विषेश अतिथिको रुपमा उपस्थित हुने सो सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक साइप्रस, अमेरिका, बेलायत, चीन, जापान, फिनल्यान्ड, अष्ट्रेलिया, नर्वे, नेदरल्यान्ड, क्यानाडा, भारत, सिंगापुर, श्रीलंका, फ्रान्स, जर्मनी, दक्षिण कोरियाका वैज्ञानिकहरु सहभागी हुने छन् ।

विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न सुरु गरिएको थियो ।

संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका केन्द्रित हुने सम्मेलन आयोजक समितिका संयोजक डा. हेमराज शर्माले जानकारी दिए ।

एनआरएन र नेपाल सरकारको सहकार्यमा हुन लागेको यो सम्मेलनमा चार प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने सम्मेलन आयोजक समितिका सहसंयोजक डा. हरि दाहालले जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : ०० बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ