सिन्धुपाल्चोक भूकम्प : जलबिरेमा झ्यालबाट हामफाल्दा एक घाइते | Khabarhub Khabarhub

सिन्धुपाल्चोक भूकम्प : जलबिरेमा झ्यालबाट हामफाल्दा एक घाइते


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बिहान सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प जाँदा जलबिरेमा एक जना घाइते भएका छन् ।

भूकम्पले हल्लाउन थालेपछि झ्यालबाट हाम फाल्दा स्थानीय रामचन्द्र रायमाझी घाइते भएको इलाका प्रहरी कार्यालय जलबिरेले जनाएको छ।

उनी राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

झ्यालबाट हामफाल्दा उनको ढाडमा चोट लागेको जनाइएको । अहिले उनको जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको कार्यालयका प्रहरी निरीक्षक हरि भट्टराईले बताए ।

घाइतेको अवस्था सामान्य रहेको प्रहरिले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ४२ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार