‘भूकम्पले क्षति गरेको खबर छैन, पहिरोको जोखिम बढायो’ | Khabarhub Khabarhub

‘भूकम्पले क्षति गरेको खबर छैन, पहिरोको जोखिम बढायो’


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले क्षति भएको खबर नआए पनि पहिरोको जोखिम बढाएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले बताएकी छिन् ।

अहिलेसम्म ठूलो नोक्सानी भएको खबर नआएको र आफूले थप बुझ्ने प्रयास गरिरहेको उनले बताइन । तर भूकम्पले पहिरोको जोखिम बढाएकाले आवश्यक सतर्कताका लागि पहल भइरहेको उनले जानकारी दिइन ।

जोखिम थप बढ्यो : प्रजिअ ढकाल

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भूकम्पपछि पहिरोको जोखिम थप बढेको बताए ।

उनले सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायहरुलाई  तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिए ।

भूकम्प गएको ठाउँको अवस्थाबारे थप जानकारी लिइरहेको पनि उनले बताए ।

झ्यालबाट हामफाल्दा एक घाइते

भूकम्पले हल्लाउन थालेपछि झ्यालबाट हाम फाल्दा जलविरेमा एक जना घाइते भएको प्रहरीले जनाएको छ । उनी राष्ट्रिय बाणिज्य बैंक जलबिरे शाखाका कर्मचारी रहेको जनाइएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ७ : २७ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही