माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सका बुबाको निधन « Khabarhub

माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सका बुबाको निधन


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा निधन भएको हो ।

हुड क्यानलस्थित निवासमा उनको सोमबार निधन भएको हो । विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

उनी अल्जाइमरको बिरामी थिए। विलियम हेनरी गेट्स द्वितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो । उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए । उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन् ।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाएका छन् । विलियम हेनरी गेट्स द्वितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए । उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १ : ०६ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने