कोरोना संक्रमित कांग्रेस महामन्त्री डा.कोइरालाको आईसीयूमा राखेर उपचार | Khabarhub Khabarhub

कोरोना संक्रमित कांग्रेस महामन्त्री डा.कोइरालाको आईसीयूमा राखेर उपचार


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसबाट संक्रमित नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालालाई चावहिलस्थित ओम अस्पतालमा आइसीयूमा राखेर उपचार थालिएको छ ।

कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मङ्गलबार साँझ ज्वरो आएपछि अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

‘अस्पताल आएदेखि नै हामीले आईसीयूमा राखेर उपचार गरिरहेका छौँ’, उनले भने, ‘अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।’ उनका अनुसार महामन्त्री डा.कोइरालालाई निमोनिया भएको छ ।

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा.विश्वनाथ कोइरालाको नेतृत्वमा डा.सुवोधसागर ढकाल र डा.प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा.कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : ५२ बजे

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना गर्न समझदारी

काठमाडौं– लगानी बोर्ड र दक्षिण कोरियाली जि–फिलोस कम्पनी लिमिटेडबीच नेपालमा

एक दिन पनि टिकेन शेयर बजारको उछाल, ३८ अंकले घट्यो नेप्से 

काठमाडौं– शेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन ।

अर्थमन्त्री भन्छन्- अहिलेको भन्दा शक्तिशाली सरकार ०८४ सम्म आउँदैन

ललितपुर- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालको प्रणालीमा सुधार गर्न

भक्तपुर जिल्ला अदालतबाट आशिका तामाङले पाइन् सफाइ

भक्तपुर- जिल्ला अदालत सामाजिक अभियन्ताका रुपमा परिचित आशिका तामाङलाई सफाइ