मतदानका क्रममा झडप हुँदा भारतमा १ जनाको मृत्यु « Khabarhub

मतदानका क्रममा झडप हुँदा भारतमा १ जनाको मृत्यु


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नयाँ दिल्ली– भारतमा आम निर्वाचनको पहिलो चरण अन्तर्गत जारी मतदानमा आन्ध्र प्रदेशमा दुई प्रतिद्वन्द्वी पार्टीका कार्यकर्ताबीच झडप हुँदा १ जनाको ज्यान गएको छ ।

भारतको आन्ध्र प्रदेशको अनन्तपुर जिल्ला अन्तर्गत ताडिपत्री शहरमा क्षेत्रीय दलहरु तेलगूदेशम पार्टी र वाईएसआर काँग्रेस पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

झडपका क्रममा तेलगूदेशम पार्टीका कार्यकर्ता बताइने सिद्धभाष्कर रेड्डीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै आन्ध्र प्रदेशका अन्य निर्वाचन क्षेत्र र मतदान केन्द्रमा पनि वाईएसआर काँग्रेस पार्टी र तेलगूदेशम पार्टीका कार्यकर्ताबीच झडप भएको बताइएको छ ।
त्य
सबाहेक अन्य क्षेत्रमा भने शान्तिपूर्ण रुपमा नै मतदान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  १ : ४२ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण