यो फिल्ममा दिशा पटानीसँग रोमान्स गर्दै शाहिद कपूर | Khabarhub Khabarhub

यो फिल्ममा दिशा पटानीसँग रोमान्स गर्दै शाहिद कपूर


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘कबीर सिंह’ को सफलतापछि शाहिद कपूरलाई ठूला प्रोजेक्टका फिल्मबाट अफर आइरहेको छ ।

यतिबेला उनी शंशाक खेतानले निर्देशन गर्ने फिल्म ‘योद्धा’ का कारण चर्चामा छन । उक्त फिल्म करण जोहरले निर्माण गर्ने भएका छन् ।

खबरका अनुसार फिल्मको शीर्ष भूमिकामा महिला कलाकारको खोजी भइरहेको थियो । अब त्यो पूरा भएको छ । फिल्ममा दिशा पटानीले अभिनय गर्ने फाइनल भएको बताइएको छ ।

‘योद्धा’ मा शीर्ष भूमिकामा शाहिद कपूरले पनि अभिनय गर्ने भएका छन् । फिल्ममा शाहिद र दिशाको जोडी देख्न सकिनेछ । यी दुवैले फिल्ममा योद्धाको भूमिका निभाउनेछन् । र, दमदार एक्सन दिनेछन् ।

फिल्म निर्माण टिमले छिट्टै नै फिल्मको आधिकारिक घोषणा गर्ने जनाइएको छ । फिल्मको छायांकन अर्को वर्षबाट थालिने जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ३ : २५ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं