बागमती प्रदेशमा १९ हजारबढी कोरोना संक्रमित « Khabarhub

बागमती प्रदेशमा १९ हजारबढी कोरोना संक्रमित


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ ।

नेपालमा कोरोना संक्रमण देखा परेको ७ महिनाको अवधिमा बागमतीमा संक्रमितको संख्या १९ हजार चार सय ४२ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार यो संख्या देशभर कुल संक्रमित मध्ये ३१ दशमलव ५६ प्रतिशत हो ।
प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित काठमाडौंमा छन् । शुक्रबार साँझसम्म काठमाडौंका १२ हजार चार सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म चितवनका एक हजार ६ सय ७४, ललितपुरका एक हजार चार सय २८, भक्तपुरका एक हजार दुई सय ७७, मकवानपुरका एक हजार दुई सय ११, काभ्रेपलाञ्चोकका चार सय १७, धादिङका तीन सय ५८, सिन्धुपाल्चोकका एक सय ३८, नुवाकोटका एक सय ३५, रामेछापका एक सय २७, दोलखाका एक सय ११, सिन्धुलीका एक सय तीन र रसुवाका २० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये ९ हजार सात सय ७१ अर्थात् ५०.३ प्रतिशत निको भई डिस्चार्ज भइसकेका छन् । बागमतीमा ९ हजार पाँच सय ३९ अर्थात् ४९ प्रतिशत उपचाररत र एक सय ३२ जना अर्थात् ०.७ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी हाल तीन हजार सात सय ३० आइसोलेसनमा, चार सय ९३ क्वारेन्टिनमा र एक हजार तीन सय २६ जना होम क्वारेन्टिनमा बसिरहेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ४ : ३२ बजे

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक

आमाले न्याय खोज्दा खोसिएको बाल अधिकार !

काठमाडौं– असारे झरीमा सोमबार सिंहदरबारको मुख्य गेटअगाडि निहारिका राजपूत न्यायको

संसद्‍बाट बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदन

काठमाडौं– प्रतिनिधिसभाले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि,