अप्रिलसम्म अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुन्छ : ट्रम्प « Khabarhub

अप्रिलसम्म अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुन्छ : ट्रम्प


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आउँदो वर्षको अप्रिलसम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने अमेरिकी राष्ट्रपति ट्रम्पले दाबी गरेका छन् ।

शुक्रबार आयोजना गरिएको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले वैज्ञानिकहरू निरन्तर खोपको काममा लागेकाले आउँदो अप्रिलसम्म अमेरिकामा खोप उपलब्ध हुने बताए ।

‘मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ,’ ट्रम्पले भने ।

खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि उनले जानकारी दिए । खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकाले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने उनको भनाइ छ ।

‘अमेरिकाका वरिष्ठ चिकित्सक र वैज्ञानिकहरुले यो खोप आविश्कारको काममा लागेका छन् र उनीहरुले यो खोपको परीक्षण पनि अन्तिम चरणमा पुगेको बताएका छन्,’ ट्रम्पले भने ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ६ : २० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट