विद्युतीय गाडीमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह « Khabarhub

विद्युतीय गाडीमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

विहीबारबाट काठमाडाैंमा शुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्योग र आर्थिक क्षेत्रको उन्नतिका लागि कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न उद्यागी तथा व्यवसायीलाई आग्रह गरे । उनले उद्योगीहरुलाई अवसर, अधिकार र सहुलियत दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानूनी व्यवस्था गर्न सरकार तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले चाँडै विद्युतीय गाडीको कारखाना स्थापना गर्ने तयारी भइरहेको समेत जानकारी दिए । उनले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । उनले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको पनि स्पष्ट पारे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगीहरुको सुझाव अनुसार आवश्यक ऐन, कानूनको व्यवस्था गर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराइन् । उनले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न निजी क्षेत्र प्रतिवद्ध रहेको बताइन् । अध्यक्ष राणाले उद्योगीहरुले आफ्नो गाँस काटेर राज्यलाई कर तिर्दा पनि सम्मान हुन नसकेको समेत गुनासो गरेकी थिइन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ५ : ०४ बजे

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व