नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी, मन्त्री हेरफेरको विषय छलफलमा | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी, मन्त्री हेरफेरको विषय छलफलमा


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बसेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् ।

बालुवाटारबाहिर भएको पार्टी सचिवालय बैठकमा पहिलो पटक प्रधानमन्त्रीसमेत रहेका एक नम्बर अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

बिहान ११ बजेदेखि जारी बैठकमा पहिलो पटक  पार्टीको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषयमा छलफल रहेको एक नेताले जानकारी दिए ।

बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रीहरू हेरफेरको सूची तयार पार्न जिम्मेवारी दिन पनि सक्ने प्रचण्ड निकट नेताले बताएका छन् ।

यस अतिरिक्त आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषय पनि छलफलमा रहेको बताइएको छ ।

२६ भदौको स्थायी कमिटी बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पारेको थियो ।

उक्त बैठकले अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतपमा अघि बढाउन समन्वय गर्ने उल्लेख गरिएकाले यिनै विषयलाई केन्द्रमा राखेर छलफलको तयारी गरिएको छ ।

गत शुक्रबार नै बोलाइएको बैठक संविधान दिवसको कार्यक्रममा व्यस्त हुनुपर्ने कारण देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ५९ बजे

‘विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ’

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले

एन्फा महिला लिगमा आर्मीको सहज जीत

काठमाडौं– त्रिभुवन आर्मी फुटबल क्लबले जीत हासिल गरेको छ । 

कोशीमा सहकारी व्यवस्थापन गर्न समिति गठन

विराटनगर – कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति

ट्युनिसियामा डुङ्गा पल्टिँदा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार

एजेन्सी – मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित