रजनीकान्तको फिल्ममा खलनायक बन्दै ज्याकी श्राफ | Khabarhub Khabarhub

रजनीकान्तको फिल्ममा खलनायक बन्दै ज्याकी श्राफ


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्त आजभोलि फिल्म ‘अन्नाथे’ का कारण चर्चामा छन् । फिल्ममा उनको शीर्ष भूमिका रहने फाइनल भइसकेको छ ।

प्रकाश राज र वेला राममूर्तीको समेत अभिनय रहने यो फिल्ममा बलिउड कलाकार ज्याकी श्राफको पनि अभिनय रहने जनाइएको छ ।

फिल्ममा ज्याकी एक खतरनाक भिलेनका रुपमा देखिने चर्चा छ । खबरका अनुसार जनवरीभन्दा पहिले नै उनले यो फिल्मको छायांकन सक्नेछन् ।

फिल्मको कहानी गाउँको एक परिवारमा आधारित छ । पहिले यो फिल्म तिहारको अवसर पारेर रिलिज गरिने भनिएको थियो ।

कोरोना भाइरसले सिर्जना गरेको अवस्थाका कारण अब भने यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ । फिल्मलाई शिवाले निर्देशन गर्दैछन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १ : ०७ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र