बलिउड: गाँजाबाट शुरु भएको लडाइँ यौन शोषणसम्म « Khabarhub

बलिउड: गाँजाबाट शुरु भएको लडाइँ यौन शोषणसम्म


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि शंकाको घेरामा रहेकी रिया चक्रवर्तीमाथि लागुऔषध (ड्रग्स)को प्रयोग गरेको या नगरेको भनी अनुसन्धान भइरहेको छ ।

यसैबीच निर्देशक अनुराग कश्यपमाथि कलाकार पायल घोषले यौन शोषणको आरोप लगाएकी छिन् । अनुरागमाथि लागेको यौन शोषणको आरोपको विषय भारतको संसदमा पनि उठेको छ ।

बीजेपी सांसद रवि किशनले यो विषय संसदमा उठाए । साथै उनले कठोर कानूनको माग पनि गरे ।

उनले संसदमा भने – हाम्रो देशमा नारी देवी दुर्गा र गौमाता जस्तै पूजनीय छन्, तर बलिउडसहित कैयन् क्षेत्र यस्ता छन्, जहाँ अझै पनि केही व्यक्तिले उनको भाग्य चम्काइदिने दाबी गर्दै फाइदा लिन खोज्छन् ।’

रवि किशनले अनुराग र पायलको नाम भने लिएका थिएनन् ।

बरु उनले एक बलियो कानूनको माग गरेका थिए । उनले महिला र युवतीहरुलाई अनुचित दबाब दिनेमाथि भय पैदा हुने कानून ल्याउन माग गरेका थिए ।

रवि किशन र अनुराग कश्यपबीचको लडाइँ सुशान्त र रियाको केशमा नै देखिएको थियो । अनुरागले ट्वीटमार्फत रवि किशनले गाँजा तान्ने गरेको आरोप लगाएका थिए । यो आरोपमा रवि किशन भने चुप रहेका थिए ।

रवि किशनलाई उनका अर्का साथी मनोज तिवारीको पनि साथ मिलेको थियो ।

सुशान्त सिंह राजपूतको मृत्यु र लागुऔषधबारे पनि संसदमा प्रश्न उठाइएको थियो । झारखण्डका बीजेपी सांसद निशिकांत दुबेले बलिउडका साथ देशमा बढ्दो नशाको कारोबारको मुद्दा उठाएका थिए । उनले यसलाई नियन्त्रण गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ११ : ०० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको