बलिउड: गाँजाबाट शुरु भएको लडाइँ यौन शोषणसम्म « Khabarhub

बलिउड: गाँजाबाट शुरु भएको लडाइँ यौन शोषणसम्म


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि शंकाको घेरामा रहेकी रिया चक्रवर्तीमाथि लागुऔषध (ड्रग्स)को प्रयोग गरेको या नगरेको भनी अनुसन्धान भइरहेको छ ।

यसैबीच निर्देशक अनुराग कश्यपमाथि कलाकार पायल घोषले यौन शोषणको आरोप लगाएकी छिन् । अनुरागमाथि लागेको यौन शोषणको आरोपको विषय भारतको संसदमा पनि उठेको छ ।

बीजेपी सांसद रवि किशनले यो विषय संसदमा उठाए । साथै उनले कठोर कानूनको माग पनि गरे ।

उनले संसदमा भने – हाम्रो देशमा नारी देवी दुर्गा र गौमाता जस्तै पूजनीय छन्, तर बलिउडसहित कैयन् क्षेत्र यस्ता छन्, जहाँ अझै पनि केही व्यक्तिले उनको भाग्य चम्काइदिने दाबी गर्दै फाइदा लिन खोज्छन् ।’

रवि किशनले अनुराग र पायलको नाम भने लिएका थिएनन् ।

बरु उनले एक बलियो कानूनको माग गरेका थिए । उनले महिला र युवतीहरुलाई अनुचित दबाब दिनेमाथि भय पैदा हुने कानून ल्याउन माग गरेका थिए ।

रवि किशन र अनुराग कश्यपबीचको लडाइँ सुशान्त र रियाको केशमा नै देखिएको थियो । अनुरागले ट्वीटमार्फत रवि किशनले गाँजा तान्ने गरेको आरोप लगाएका थिए । यो आरोपमा रवि किशन भने चुप रहेका थिए ।

रवि किशनलाई उनका अर्का साथी मनोज तिवारीको पनि साथ मिलेको थियो ।

सुशान्त सिंह राजपूतको मृत्यु र लागुऔषधबारे पनि संसदमा प्रश्न उठाइएको थियो । झारखण्डका बीजेपी सांसद निशिकांत दुबेले बलिउडका साथ देशमा बढ्दो नशाको कारोबारको मुद्दा उठाएका थिए । उनले यसलाई नियन्त्रण गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ११ : ०० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान