यसरी पाइन्छ नबिल बैंकले दिने ‘फोन लोन’ « Khabarhub

यसरी पाइन्छ नबिल बैंकले दिने ‘फोन लोन’


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट ऋण लिने सुविधा सुरु गरेको छ।

बैंकमा खाता भएकाहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट लिइसक्ने छन्।

एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले यो सुविधा ल्याएको हो। नबिल स्मार्ट बैंकिङ अन्तर्गत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा ऋण उपलब्ध गराइन्छ । यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध हुनेछ।

ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्मार्टबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् ।

बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ । ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने । यस योजना अन्तर्गत एक लाखसम्म ऋणको सुविधा लिन सकिने

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्ने छ।

शाहले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’

१ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जालमार्फत् बैंकले सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  २ : ५९ बजे

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै : यस्तो छ निर्वाचन तालिका

काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन