ओरालो लाग्यो नेप्से | Khabarhub Khabarhub

ओरालो लाग्यो नेप्से


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा गिरावट आउँदा परिसूचक एक हजार ५६९.०६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.३८ ले ओरालो लागेर ३१२.२४ मा पुगेको छ । कूल १९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ बराबरको कारोवार भएको छ । कारोवार भएक कूल १२ उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ ।

सो उपसमूह १२.२३ ले उकालो लाग्दा बैंकिङ ४.३२, व्यापार १०.९९, होटल ३२.६१, विकास बैंक ११.५, जलविद्युत् ५.८८, वित्त ९.४३, निर्जीवन बीमा ५४.९८, अन्य १.४३, लघुवित्त ७.३८, जवन बीमा ६७.८५ र सामूहिक लगानी कोष ०.११ बिन्दुले ओरालो लागेका छन् ।

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २१ करोड ३८ लाख ८४ हजार ४५८ बराबरको कारोवार भएको छ ।

यस्तै नेपाल पुर्नबीमा कम्पनी रु १४ करोड ९० लाख ३६ हजार ९२९, रिलायन्स लाइफ इन्स्योरेन्स रु १२ करोड ९८ लाख ५५ हजार ८६५, छिमेक लघुवित्त रु सात करोड १९ लाख १५ हजार ९७६ र शिखर इन्स्योरेन्स कम्पनी रु छ करोड ५३ लाख ५५ हजार ५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधमार युनाइटेड फाइनान्स १०, नेशनल हाइड्रोपावर कम्पनी ५, पञ्चकन्या माई हाइड्रोपावर ४.८१, सिन्धु विकास बैंक ३.७६ र नाडेप लघुवित्तका लगानीकर्ताले ३.६१ प्रतिशतले कमाए । यस्तै लिवर्टी इनर्जी १०, रैराङ हाइड्रोपावर ९.८०, घलेम्दी हाइड्रो ९.५२, माउण्टेन हाइड्रो ७.८९ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ५ : ४३ बजे

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास

गण्डकी– लमजुङको क्होलासोँथर गाउँपालिका वडा नं ५ सिङ्दीमा सञ्चालित सिङ्दी

राप्रपाको युवा संगठनले भन्यो– तरुण दलको भवन निर्माण गर्न राज्यकोषको रकम दुरुपयोग भयो

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण

चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

एजेन्सी – चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न