समयमै सुतौँ, निन्द्रा नपुग्दा यस्ता समस्या आउँछन् « Khabarhub

समयमै सुतौँ, निन्द्रा नपुग्दा यस्ता समस्या आउँछन्


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक प्राणीलाई आराम आवश्यक हुन्छ । मानिसले दिनभरीको थकानबाट आराम पाउने एकमात्र विकल्प हो निन्द्रा ।

निन्द्रा शरीरका आराम गर्न मात्र नभई शरीरलाई थप उर्जावान् बनाउन पनि आवश्यक हुन्छ ।

एक स्वस्थ्य वयस्क मानिसले दैनिक ७/८ घण्टा निदाउन आवश्यक हुन्छ । तर व्यस्त जीवनशैली र अबेरसम्म जागा रहने मानिस प्रर्याप्त निदाउन पाउँदैनन् । अझ इन्टरनेट, मोबाइल, टिभी लगायतका क्षेत्रमा काम गर्ने वा यसको अधिकतम उपयोग गर्ने मानिसमा समेत निन्द्रामा समस्या हुने गर्दछ ।

निन्द्रा पुरा नहुदाँ हाम्रो शरीरलाई ठूलो असर पर्दछ । निन्द्रा नपुगेकै कारणले हामीलाई विभिन्न रोग लाग्ने संभावना समेत हुन्छ ।

क्यान्सर
कम सुत्ने मानिसहरुको शरीरमा असर गर्ने विभिन्न राडिकलको मात्रा बढ्ने गर्छ । यसले क्यान्सर लाग्न मद्दत गर्छ ।

मधुमेह
राति कम सुत्ने मानिसलाई बाहिरको खाना बढी खान मन लाग्छ । बाहिरको खानामा ग्लुकोजको मात्रा बढी हुने भएकाले यसले मधुमेह लाग्ने सम्भावना प्रवल हुन्छ ।

हृदयघात
राति पूरा निन्द्रा नपुर्याउँदा उच्च रक्तचापको सम्भावना हुन्छ । यसले हृदयघात र स्ट्रोकको सम्भावना बढाउने गर्दछ ।

अलजाइमर
निन्द्राले मानिसको मस्तिष्क ताजा पार्दछ । दिनभरको कामको चापले मस्तिष्कको थकान हुन्छ । यसलाई रातको निन्द्राले कम पार्दछ । तर, निन्द्रा नपुगेमा बिहान उठ्दा मस्तिष्क अशान्त हुने र भुल्ने रोगको सम्भावना हुनसक्छ ।

डण्डीफोर
अनिधोको कारण हाम्रो छालामा रहेका हर्मोन असन्तुलित रुपमा काम गर्छ । यसले गर्दा डण्डीफोर देखा पर्ने गर्छ । यस अलावा आँखाको मुनी डार्क सर्कल समेत बढ्ने गर्दछ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : ०० बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका