नेकपा सचिवालय बैठक बालुवाटारमा, मन्त्री हेरफेरको मापदण्ड बनाउने तयारी « Khabarhub

नेकपा सचिवालय बैठक बालुवाटारमा, मन्त्री हेरफेरको मापदण्ड बनाउने तयारी


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटरमा दिउँसो साढे १२ बजे सुरु हुने बैठकमा मन्त्री हेरफेरको मापदण्ड बनाउने विषयमा छलफल हुने भएको छ ।

बैठकले मन्त्री हेरफेर गर्न आवश्यक मापदण्ड बनाउन कार्यदल बनाउने वा अध्यक्षद्वयलाई जिम्मा दिने भन्ने निर्क्यौल गर्ने एक सचिवालय सदस्यले जनाएका छन् ।

आइतबार पेरिसडाँडामा बसेको बैठकमा पार्टीलाई सशक्त बनाउन आयस्रोत नभएका केन्द्रीय सदस्यलाई जीवीकोपार्जनमा सहज हुने गरी मासिक रकम दिने विषयसमेत छलफलमा आएको छ । यसबारे ठोस निर्णय भने भएको छैन ।

यस्तै आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि गर्नुपर्ने साठानिक एकताका बाँकी काम अघि बढाउन आवश्यक कामकारबाहीबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

 

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ८ : ४५ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार