दीपिका पादुकोण: टुटेको दिललाई ‘ड्रग्स’ को सहारा ? « Khabarhub

दीपिका पादुकोण: टुटेको दिललाई ‘ड्रग्स’ को सहारा ?


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स सेवनको विषय सतहमा आएको छ । एनसीबीको अनुसन्धानमा कैयन् बलिउड कलाकार मुछिएका छन् ।

तीमध्ये ड्रग्स लिने गरेको भन्दै दीपिका पादुकोणको नाम पनि जोडिएको छ । दीपिका बलिउडकी सफल हिरोइन मात्र होइनन्, उनी आफ्नो सुन्दरताका साथै बौद्धिक पनि मानिन्छिन् ।

दीपिकाका पिता प्रकाश पादुकोण आफ्नो जमानाका राम्रा ब्याण्डमिन्टन खेलाडी थिए । दीपिका पनि खेलाडी बन्ने धाउन्नमा लामो समय बिताइन् ।

तर, पछि उनले सबै छोडेर अभिनय यात्रा थालिन् । उनलाई यो क्षेत्रमा रुचाइयो पनि ।

बीचमा एउटा यस्तो पनि समय आएको थियो, जुन बेला दीपिकाले डिप्रेसनको सामना गर्नुपरेको थियो ।

यो प्रेमको कारण थियो । रणवीर कपूरसँग ब्रेकअप भएपछि उनी डिप्रेसनमा पुगेकी थिइन् । रणवीर र दीपिकाको प्रेमको खुबै चर्चा हुने गर्थ्यो । दीपिकाले रणवीरलाई यति चाहन्थिन् कि, उनीसँगै घर बसाल्ने सपना देखिन् ।

तर, यो सम्बन्ध लामो समय टिक्न सकेन । उनीहरुको ब्रेकअप भयो ।

यसको कुनै ठोस कारण थिएन । बरु रणवीर दीपिकासँग बिहे गर्न तयार थिएनन् । दीपिकाको जोड भने बिहेमा थियो ।

रणवीरको परिवारलाई पनि दीपिका मन परेको थिएन । जुन कारण यो सम्बन्ध विवाहमा पुग्न सकेन ।

दीपिका र रणवीर अलग भएपछि यसको असर दीपिकालाई झन् बढी पर्‍यो । रोमान्टिक रणवीरलाई यो कुराले खासै प्रभावित पारेन । तर, दीपिकालाई यसले असर पार्‍यो । यसबीचमा उनले आफूलाई भुलाउन अरु विकल्पको खोजी गरिन् ।

पछि दीपिकालाई रणवीर सिंहसँग आफ्नो मन साटिन् । उनीहरुले बिहे गर्न समय लगाएनन् । बिहे गरेपछि रणवीर र दीपिका खुशी छन् ।

यता रणवीर कपूर पनि आलिया भटसँगको प्रेमसम्बन्धका कारण चर्चामा छन् ।

दीपिकाले अतीत भुलेर नयाँ जीवनको शुरुवात गरेकी छिन् । तर, उनीमाथि पुनः ड्रग्स लिएको भन्दै नाम जोडिएको छ ।

वास्तविकतामा जे भए पनि यसले दीपिकाको करिअरमा भने असर पार्न सक्छ ।

-एजेन्सी

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  २ : २५ बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि