अक्टोबरबाट दर्शक रंगशाला फर्काउने बेलायतको योजना रोकियो « Khabarhub

अक्टोबरबाट दर्शक रंगशाला फर्काउने बेलायतको योजना रोकियो


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दर्शकलाई रंगशाला फर्काउने बेलायत सरकारको योजना स्थगित भएको छ । यसअघि अक्टोबर १ देखि दर्शकलाई रंगशाला प्रवेशका लागि खोल्ने तयारी गरिएको थियो ।

तर, नोबेल कोरोना भाइरस (कोभिड १९) को जोखिम नटरेपछि तत्कालका लागि बेलायत सरकारले त्यो निर्णय फिर्ता लिएको छ ।

बेलायतको मन्त्रीपरिषद्का सदस्य मिचेल गोभेले सरकारले उक्त निर्णय कार्यान्वन गर्न नसक्ने बताएका छन् । बेलाय सरकारले पाइलट कार्यक्रमका रुपमा यो योजनालाई अगाडि बढाइरहेको थियो ।

प्रधानमन्त्री बोरिस जोनसनको निर्देशन भएको भन्दै गोभेले बीबीसीसँगको कुराकानीमा बताएका छन् ।

यही महिनाको सुरुवातदेखि १ हजार जनालाई रंगशाला प्रवेश दिने बताइएको थियो । तर, त्यसमा पनि बन्देज लगाइएको छ ।

‘हामी धेरै मानिसहरुलाई रंगशाला फर्काउने योजना बनाइरहेका छौं । अहिलेका लागि यो रोकिएको छ। तर, कसरी यसलाई अगाडि बढाउन सकिन्छ हामी तयारी गरिरहेका छौं,’ मन्त्री गोभेले भने ।

बेलायतमा कोरोना भाइरसको जोखिम देखिएदेखि अधिकांश खेलकुद गतिविधि क्लोज डोरमा भइरहेका छन् ।

प्रिमियर लिग, एफ ए कप फाइनल, इङ्ग्ल्यान्डको टेस्ट क्रिकेट र दुई फर्मुला ए रेसहरु दर्शकविनै भएका प्रतियोगिता हुन् । मार्चदेखि बेलायतमा खेलकुद गतिविधि बन्द भएको थियो । तर, पछि जुलाइबाट बन्द रंगशालामा खेल फर्किएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : १५ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा