चीनको गान्सुमा नयाँ ब्याक्टिरियाको संक्रमण, हजारौँ बिरामी « Khabarhub

चीनको गान्सुमा नयाँ ब्याक्टिरियाको संक्रमण, हजारौँ बिरामी


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको गान्सु प्रान्तको लानजोउ शहरमा नयाँ ब्याक्टिरियाको संक्रमण फैलिदा हजारौँ ब्यक्ति बिरामी परेका छन् ।

ब्रुसेलोसिस नामको ब्याक्टिरियाको संक्रमण फैलिदा अहिलेसम्म तीन हजार २४५ जना बिरामी भइसकेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।

ब्याक्टिरिया अन्यत्र पनि फैलन सक्ने आशंकापछि सोमबार २१ हजारभन्दा बढी व्यक्तिको परीक्षण गरिएको जनाइएको छ । तीमध्ये शुरुमा चार हजार ६४६ जनाको नतिजा पोजिटिभ देखिएको थियो।

यो संख्या अझै बढ्न सक्ने जनाइएको छ। संक्रमित व्यक्तिलाई ज्वरो आउने र मांसपेशी दुख्ने लक्षण देखिएको छ। त्यस्तै थकान महसुस हुने, पसिना आउने, भोक नलाग्ने तथा टाउको दुख्ने र तौल घट्ने जस्ता समस्या देखिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

संक्रमितलाई सामान्यतया दुईदेखि चार हप्तासम्ममा लक्षण देखिने गरेको छ। यो ब्याक्टिरियाको संक्रमण मुख्यगरी गाई, भेडा, बाख्रा, सुगुर र कुकुरलाई हुन्छ।

मान्छे संक्रमित जनावरको सम्पर्कमा पुगेमा यो सर्ने खतरा रहेको बताइएको छ । त्यसअतिरिक्त संक्रमित पशुबाट पाइने आहारा खाँदा, पिउँदा र ब्याक्टिरिया हावामा फैलिएको खण्डमा मानिसमा सर्ने विशेषज्ञहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : २७ बजे

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडीबारे सरकारले बनायो छानबिन समिति

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट

सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार 

काठमाडौं– सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन 

काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन

नेपालमा सुरु भयो उबरको सेवा (तस्बिरहरू)

काठमाडौं– विश्वव्यापी राइड सेयरिङ एप उबरले आजदेखि नेपालमा आफ्नो आधिकारिक