अदालतले दियो रियालाई थप १४ दिन हिरासतमा राख्न अनुमति « Khabarhub

अदालतले दियो रियालाई थप १४ दिन हिरासतमा राख्न अनुमति


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा लागुऔषध सेवन भएको देखिएपछि पक्राउ परेकी सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई थप १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

रियालाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको थियो । सुशान्तको निधनसँग जोडिएको लागुऔषध मुद्दाको अनुसन्धानका लागि रियालाई ६ अक्टोबरसम्म हिरासतमा राखेर थप अनुसन्धान थालिने भएको छ ।

रियासहित उनका भाइ शौविकसहित अन्य केहीलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

लागुऔषध दुर्व्यसनीमा अन्य नायिकाको नाम पनि जोडिएको छ । यो घटनामा रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपुर र दीपिका पादुकोण पनि तानिएका छन् । उनीहरूलाई एनसीबीले सोधपुछका लागि बोलाउने तयारी थालेको छ ।

गत जुनमा सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको निधनपछि बलिउडमा नेपोटिज्म, ग्रुपिजम र ड्रग्सबारे बहस भइरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ५० बजे

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल