नेप्सेमा दोहोरो अङ्कको गिरावट | Khabarhub Khabarhub

नेप्सेमा दोहोरो अङ्कको गिरावट


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो ।

सोही क्रममा आज नेप्से २२.९१ ले ओरोलो लागेर एक हजार ५४६.१५ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.८४ ले ओरोलो लागेर ३०७.३९ मा पुगेको छ । कूल १९९ कम्पनिको ७८ लाख ५६ लाख ७८८ कित्ता शेयर रु दुई अर्ब ८१ करोड २८ लाख ५६ लाख ५८४ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरोलो लागेको छ । बैंकिङ २२.३६, व्यापार २.१३, होटल १५.०६, विकास बैंक ४०.३, जलविद्युत् २४.९१, वित्त १२.४९, निर्जीवन बीमा ११२.६६, उत्पादन ३५.०४, अन्य ७.२२, लघुवित्त २३.२४, जीवन बीमा १०९.४७ र सामूहिक लगानी कोष ०.०८ ले ओरालो लागेको छ ।

कारोवारका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ९५ लाख ४४ हजार १८३ बराबरको कारोवार भएको छ ।

नेपाल बैंक लिमिटेड रु १९ करोड ११ लाख ११ हजार १८६, नेपाल पुनरबीमा कम्पनी रु १२ करोड ४४ लाख ७६ हजार ८२३, एनएमबी बैंक रु सात करोड ४२ लाख २४९, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड आठ लाख ५३ हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड २३ लाख ६७ हजार ७८७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

यूनाइटेड फाइनान्स ६.८२, बरुण हाइड्रोपावर ४.६५, पञ्चकन्या माई हाइड्रोपार ३.६७ र तारागाँउ रिजेन्सी होटल ३.२९ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले २.१३ प्रतिशतले कमाएका छन् । त्यस्तै, लिवर्टी इनर्जी ९.८८, घलेम्दी हाइड्रो ९.४७, यूनाइटेड मोदी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर ८.०५ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ७.९५ प्रशितले गुमाएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : ०४ बजे

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि