भारतको सहयोगमा नेपालमा भएका पुनर्निर्माणका विवरण एउटै वेबसाइटमा उपलब्ध « Khabarhub

भारतको सहयोगमा नेपालमा भएका पुनर्निर्माणका विवरण एउटै वेबसाइटमा उपलब्ध


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत सरकारको सहयोगमा नेपालमा भएका पुनर्निर्माणका विवरणहरु अब एउटै वेबसाइटबाट जानकारी लिन सकिने भएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले संयुक्त रुपमा आज भर्चुअल विधिबाट वेबसाइट उदघाटन गरेका हुन् ।

वि.सं. २०७२ सालको विनाशकारी भूकम्पपछि भारत सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोगको जानकारी http://www.goicbrinepal.com वेबसाइटमा संग्रहित गरिएको र वेबसाइट नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारिएको छ ।

उक्त वेबसाइट भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीको अवधारणामा र निर्माणमा तयार पारिएको हो ।

भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरु सो वेबसाइटमा राखिएको छ ।

वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हो ।

भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरुअन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरु सो वेबसाइटमा उपलब्ध छन् ।

वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हो ।

आवास योजना, निर्माण सामाग्री, संरचना, निर्माण तथा प्रकोप न्यूनीकरण जस्ता क्षेत्रहरुमा अध्ययन अनुसन्धान गर्ने सीबीआरआई भारतकै एक प्रमुख संस्थान हो ।

स्वास्थ्य क्षेत्रमा देखाएको भूमिकाका लागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सीबीआरआई, रुड्कीको बीच हालै एउटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भारतीय दूतावासले भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्न भारत सरकार प्रतिवद्ध रहेको जनाएको छ ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्धता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : ३३ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।