घर जान्छु भनेर ट्रमाबाट निस्किएका डा. गोविन्द केसी टिचिङ अस्पताल पुगे « Khabarhub

घर जान्छु भनेर ट्रमाबाट निस्किएका डा. गोविन्द केसी टिचिङ अस्पताल पुगे


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डाक्टर गोविन्द केसी ट्रमा सेन्टरबाट निस्किएर त्रिवि शिक्षण अस्पतालका पुगेका छन् । आफ्नो अवस्था सामान्य रहेको भन्दै घर जाने इच्छा व्यक्त गरेपछि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले उनलाई डिस्चार्ज गरेका थिए ।

डाक्टर केसी ट्रमाबाट बाहिरिए लगत्तै आफ्ना सहयोगीहरुका साथमा ट्याक्सी चढेर त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् ।

डा केसीका सहयोगी हिमालयन कार्कीका अनुसार डा केसी अहिले त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । उनले आफ्नो स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पतालमा गराउने र अस्पतालमा बसेर अनसनलाई जारी राख्ने कार्कीले खबरहबलाई बताए ।

“डा केसी ट्रमा सेन्टरबाट घर जाने भनेर डिस्चार्ज हुनुभयो, त्यहाँबाट ट्याक्सी चढेर त्रिवि शिक्षण अस्पतालमा आएर आकस्मिक कक्षमा भर्ना हुनुभएको छ,” डा केसीका सहयोगी कार्कीले भने, “अब यहाँको सामान्य प्रेसर सुगर लगायतका स्वास्थ्य जाँच हुँदैछ । स्वास्थ्य जाँच गर्न माने पनि अनशन भने माग पूरा नभएसम्म जारी राख्नुहुन्छ । ”

यसअघि डा केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको थियो । डा. केसीले आफूले ट्रमामा चेकजाँच नगर्ने अडान लिएका थिए । उनले ओली सरकारले जबरजस्ती अपहरण गरेर ट्रमा पुर्‍याएको बताएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : ४७ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट