सप्तरीमा एक सङ्क्रमितको घरमै मृत्यु « Khabarhub

सप्तरीमा एक सङ्क्रमितको घरमै मृत्यु


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीमा कोरोना सङ्क्रमित विष्णुपुर गाउँपालिका–१ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट पारेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मत्यु भएको बताए भने कोभिड–१९ को सप्तरीको तथ्याङ्क राख्ने सोही कार्यालयका मलेरिया इन्स्पेटर नारायण राउत बरैले गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी दिए ।

नौ दिनअघि नरिबलको रुखबाट लडेर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा भदौ २९ गते पिसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

उनलाई राजविराज वा धरानस्थित आइसोलेशन केन्द्रमा बस्ने सुझावसहित अस्पतालले पठाएकामा परिवारले घरमै आइसोलेशनमा राखेको थियो ।

नेपाली सेनाको भीमदल गणको टोलीले गाउँमै शव व्यवस्थापन गरेको मृतकका भतिजा भूपेन्द्रप्रसाद यादवले बताए । यो समेत सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ८ : ३३ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।