महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो « Khabarhub

महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ३९ पुगेको छ ।त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ३९ पुगेको महाराष्ट्रको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जानकारी दिएको छ ।

उक्त फोर्स्ले दिएको जानकारीअनुसार त्यसमा रहेकामध्ये कम्तीमा पनि ३९ जनाको ज्यान गएको र अरु २५ जनाको उद्धार गरिएको थियो । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो ।

तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको बताइएको हो । सो भवन सोमबार बिहान ४:४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सो भवनमा पुरिएका व्यक्तिलाई तत्कालै उद्धार गरी निकालिएको भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जनाएको छ । तर पनि त्यहाँ बस्ने नागरिकको संख्या धेरै रहेकाले धेरैको ज्यान गएको उक्त एनडिआरएफका अधिकारीहरुले बताएका छन् ।

थप च्यापिएर रहेका व्यक्तिको उद्धारको काम जारी रहेको भन्दै बुधबारसम्म त्यहाँ रहेका ३९ जनाको ज्यान गएको उद्धार अधिकारीहरुले जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु