चार दिनमा ६४ ले लिए मलेसियाका लागि श्रम स्वीकृति | Khabarhub Khabarhub

चार दिनमा ६४ ले लिए मलेसियाका लागि श्रम स्वीकृति


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् ।

सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए। “सरकारले खुला गरेपछि मलेसिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उनले भने। सरकारले जेठदेखि मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उनी बताउँछन् ।

मलेसियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमितरूपमा श्रम स्वीकृति दिइने उनको भनाइ छ । श्रम कार्यालय ताहाचलले १७ गते नै कामदार पठाउन अनुमति पाएको भए पनि २५ गतेबाट मात्र श्रम स्वीकृति दिन शुरु गरेको थियो । जसमध्ये पहिलो दिन २५ गते दुईले श्रम स्वीकृति लिएका थिए । त्यस्तै २६ गते १७, २७ गते सात र २८ गते ३८ जनाले श्रम स्वीकृति लिइसकेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : ४५ बजे

निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल

काठमाडौं – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक

आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौं– निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको