फ्राइडे रिलिज– अनमोल र सलिनमानको बक्स अफिसमा भिडन्त « Khabarhub

फ्राइडे रिलिज– अनमोल र सलिनमानको बक्स अफिसमा भिडन्त


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारबाट नेपालभर दुई प्रतीक्षित फिल्म रिलिज भएका छन् । नयाँ वर्षको अवसर पारेर रिलिज भएका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ एकसाथ रिलिज भएका हुन् ।

युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको यो फिल्म प्रेमकथामा आधारित फिल्म हो । फिल्ममा अनमोल र सुहानाले प्रेम र आर्याको भूमिका निभाएका छन् । कथानक अनुसार अनमोल एक स्टार गायक हुन्छन् भने सुहाना अनमोल उर्फ प्रेमकी फ्यान हुन्छिन् ।

झरना थापाले निर्देशन गरेको यो फिल्म कर्मसियल स्वाद रुचाउने दर्शकलाई मन पर्ने अपेक्षा गरिएको छ । फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका छ ।

यस्तै आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘यात्रा’ पनि आजैबाट प्रदर्शनमा आएको छ । यसअघि ‘ए मेरो हजुर २’ बाट फिल्ममा डेब्यु गरेका सलिनमानको मुख्य भूमिका रहेको यो फिल्मलाई म्युजिकल भ्लग भनिएको छ । फिल्ममा मलिका महतले एक दृष्टिविहीन गायिकाको भूमिका निभाएकी छिन् ।

फिल्मले समाजसेवालाई विषय बनाएको छ । एक समूहले यात्रा गर्दा गर्ने रोमाञ्चक कथा फिल्ममा देख्न सकिन्छ । एड्भेन्चर फिल्म मन पराउने दर्शकले यो फिल्म मन पराउने लक्ष्य लिइएको छ । फिल्ममा सम्राट शाक्यको लेखन तथा निर्देशन छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ११ : १९ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको