नेपालसहित ५९ देशका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका « Khabarhub

नेपालसहित ५९ देशका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिनेगरि कानुन ल्याउने प्रस्ताव तयार पारेको छ ।

अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी विभागले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गरेर भिसा अवधी घटाउन प्रस्ताव तयार पारेको हो ।

विभागले एफ, जे र आइ प्रकारको गैरआवासीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव अघि सारेको छ । अहिले विदेशी विद्यार्थीलाई अमेरिकामा पढाइ नसकेसम्म भिसा दिने गरिन्छ । तर विभागले तयार पारेको नयाँ कानुनी व्यवस्थाले ठगी कम गर्ने र राष्ट्रिय सुरक्षा मजबुद बनाउने दाबी गरिएको छ ।

विशेष गरी नयाँ कानुनमा आतंकवादीहरुको बर्चश्व रहेका राष्ट्रहरु इरान, सिरिया, सुडान, उत्तर कोरिया र भिसा अवधि सकिएपछि पनि १० प्रतिशत बढी विद्यार्थी अमेरिकामै बस्ने मुलुक, अप्रमाणित विद्यालय र इलेक्ट्रोनिक भेरिफिकेसन नभएका विद्यालयका विद्यार्थीलाई दुई वर्षभन्दा बढी वर्ष भिसा नदिन प्रस्ताव गरिएको छ ।

नेपालबाट अमेरिका पुगेका विद्यार्थीमध्ये १० प्रतिशत बढी भिसा सकिएर पनि अमेरिकामै बसेकाले यो नियम लागू भएमा नेपाल पनि दुई वर्षे भिसा पाउने सूचीमा पर्नेछ ।

इन्स्चिट्युड अफ इन्टरनेशनल एडुकेसनको ओपन डोर्सको रिपोर्टअनुसार सन् २०१८/२०१९ मा २४ हजार भियतनामी, १३ हजार नाइजेरियन, १३ हजार नेपाली र १२ हजार इरानी विद्यार्थी अमेरिकी विश्वविद्यालयमा भर्ना भएका छन् ।
पाठ्यक्रमअनुसार अवधि थप्न सकिने भएपनि चित्तबुझ्दो कारण प्रस्तुत गनुपर्ने हुन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : ०१ बजे

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’

मान्म– विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै 

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

दाङ– स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे

‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक

गोरखा– दैवीकालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरू

युट्युब हेरेरै व्यावसायिक कृषिमा सक्रिय

दाङ– अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने