सिंगापुरविरुद्ध नेपालको शानदार जीत, नेपाल २ सय १७ रनले विजयी « Khabarhub

सिंगापुरविरुद्ध नेपालको शानदार जीत, नेपाल २ सय १७ रनले विजयी


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु—१९ विश्वकप एसिया छनोेटमा नेपाली युवा टोलीले विजयी शुरुवात गरेको छ ।

बिहीवार भएको पहिलो खेलमा नेपाली युवा टोलीले सिंगापुरमाथि २ सय १७ रनको शानदार जीत हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोलीले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउन सक्यो ।

सिंगापुरविरुद्ध नेपाली युवा बलर हावी देखिए । जसमा पवन सर्राफ, कुसल मल्ल र सूर्य तामाङले उत्कृष्ट बलिङ गर्दै सिंगापुरको ब्याटिङ अर्डर कमजोर बनाएका थिए । यस्तै, सिंगापुरका लागि इशान सवानेले सर्वाधिक २८ रन बनाए भने साईभेन्यु गोपालले १८ रन बनाउनु बाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् ।

सिंगापुरविरुद्ध नेपालका सर्राफले ३ विकेट लिए भने मल्ल र तामाङले समान २—२ विकेट लिँदा राशिदले १ विकेट लिएका थिए ।
यसअघि पहिलो ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेल र ओपनिङ ब्याट्सम्यान पवन सर्राफले नेपालको ब्याटिङ इनिङ सम्हालेका थिए ।

कप्तान पौडेलले १ सय ५ बलको सामना गर्दै ९५ रन बनाएका थिए भने पवन सर्राफले ४७ रन बटुले । त्यस्तै, नेपालका बलिङ अलराउण्डर राशिद खानले ४८ रन बनाए भने अर्का बलिङ अलराउण्डर कमलसिंह ऐरीले ३१ र भीम सार्कीले २६ रन बनाएका थिए ।

यस्तै, नेपालविरुद्ध टस जितेर पहिलो ब्याटिङ गरेको सिंगापुरका लागि अर्थभ गुनेले ४ विकेट लिए भने राहुल शर्मा र विनित मेहताले समान २—२ विकेट लिएका थिए ।

नेपालले आफ्नो दोस्रो खेल भोलि(शनिवार) युएई विरुद्ध खेल्दै छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १ : ५३ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट