तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गरिने « Khabarhub

तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गरिने


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गर्ने तयारी शुरु भएको बताएका छन् ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा आयोजित ५३ औं वार्षिक साधारण सभाको दोस्रो सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले तराईं र पहाडका जिल्लामा कर कार्यालय बिस्तार गर्न लागिएको बताए ।

मझौला खालका व्यवसायीहरु बढदै गएका पहाडका जिल्लाहरुमा पनि उद्योग व्यवसायको कामलाई सहज बनाउन सरकारले कर कार्यालय स्थापना गर्दै लैजाने अर्थमन्त्रीको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले भन्सार कार्यालयहरुको पूर्वाधार विकासमा पनि जोड दिने प्रतिवद्धता व्यक्त गरे ।

भन्सार कार्यालयहरुलाई सहज बनाएर व्यवसायीहरुले भोग्दै आएका विभिन्न खालको समस्या समाधान गर्न सरकार लागि परेको उनको दावी थियो ।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले रुग्ण उद्योगहरुलाई आवश्यक राहत दिन सरकार प्रतिवद्ध रहेको बताए ।

स्वदेशी उद्योगको संरक्षण गर्ने सरकारको नीति रहेकाले त्यसमा ढुक्क हुन मन्त्री यादवले उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

मन्त्री यादवले थप उद्योग स्थापनाका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढन तयार रहेको पनि बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  २ : ३१ बजे

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई