‘टन्सिलले बिगारेको मुटु’ सार्वजनिक « Khabarhub

‘टन्सिलले बिगारेको मुटु’ सार्वजनिक


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व मुटु दिवसका अवसरमा आज ‘टन्सिलले बिगारेको मुटु’ कृति सार्वजनिक गरिएको छ ।

कृतिमा समाजका अपहेलित र छायामा परेका विपन्न वर्गका बालबालिकाको मुद्दालाई उठाउने प्रयास गर्नुभएको छ । बाथ–मुटु रोगीका विविध पक्षलाई रसिलो र सरल भाषामा उनले प्रस्तुत गरेका छन् ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानबाट प्रकाशित र डा प्रकाशराज रेग्मीद्वारा लिखित उक्त पुस्तकको शताब्दी पुरूष सत्यमोहन जोशीले आज सार्वजनिक गर्दै पुस्तकमा रहेका कुराले मानिसलाई मुटु स्वस्थ राख्न सिकाउने बताए । यसमा नेपाली समाजको चित्रण गर्दै मुटु रोगीको वेदनाका साथ सङ्घर्षको कथासमेत समेटिएको उनले बताए ।

नेपालमा वर्षेनी एक हजार बालबालिकाको मृत्यु हुनाका साथै वार्षिक आठ सय जनाको मुटुको भल्भ फेर्ने जस्तो महंँगो र जटिल शल्यक्रिया हुने गरेको छ ।

पुस्तकमा सामान्य जस्तो देखिने टन्सिलले कसरी मुटुलाई क्षतिग्रस्त पार्छ र भयङ्कर रूप धारण गर्न पुग्छ, अनि यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे सबैलाई बुझाउने प्रयास गरिएको लेखक डा रेग्मीले जानकारी दिए ।

केटाकेटी उमेरमा घाँटी सबैको दुख्छ, टन्सिल सबैको बढ्छ । नुनपानी र बेसार पानी पिएर धेरैले यसको उपचार गर्छन् । यही गलत घरेलु उपचारशैलीका कारण आज लाखौंँ बालबालिका बाथ–मुटुरोग जस्तो भयङ्कर समस्याबाट पीडित हुन पुगेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वर्षेनी विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सख्या दुई करोड ७५ लाख छ । नेपालमा ७५ लाख मुटुरोगी रहेको अनुमान छ ।

रोगबारे जनचेतना जगाउन सके वर्षेनी हजारौं बालबालिकाको ज्यान बचाउन सकिने र हजारौंँ युवालाई अशक्त जीवनबाट सक्रिय जीवनमा फर्काउन सकिने डा रेग्मी बताउँछन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ५४ बजे

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित