मैले सबै बार्सिलोनाका लागि गरेको हुँ – मेस्सी | Khabarhub Khabarhub

मैले सबै बार्सिलोनाका लागि गरेको हुँ – मेस्सी


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो प्राथमिकतामा क्लब रहेको बताएका छन् ।

अगस्टको मध्यतिर बार्सिलोना छाड्न क्लबलाई मेल पठाएका मेस्सीले आफ्नो पहिलो प्राथमिकतामा बार्सिलोना नै रहेको बताएका छन् ।

उनले क्लबसँगको सम्बन्ध जे जस्तो भए पनि यो सिजन बार्सिलोनाबाट राम्रोसँग बिताउने बताएका छन् ।

‘जति धेरै असहमति भए पनि मैले यो सिजन यहीँबाट टुङ्ग्याउने योजना बनाएको छु, ’ मेस्सीले स्पोर्टससँगको अन्तवार्तामा भने, ‘बार्सिलोनाका सबैले एक भएर अगाडि राम्रो हुने अपेक्षासहित जानुपर्छ ।’

मेस्सीले उद्देश्य प्राप्तिका लागि सबै एकता र माथि उठाउने मार्ग अनुसरण गर्नुपर्ने बताएका छन् ।  ‘हाम्रो उद्देश्य प्राप्तिका लागि धैर्य र उत्साह राख्नुपर्छ, सधै एकता भए माथि उठ्न सकिन्छ,’ उनले भनेका छन् ।

मेस्सीले आफ्नो कमजोरीका लागि जिम्मेवारी लिन तयार रहेको स्पष्ट पारेका छन् । त्यति मात्रै होइन उनले क्लबलाई बलियो बनाउन सबै एक भएर अगाडि बढ्दा त्यो सम्भव रहेको बताएका छन् ।

मेस्सीले आफ्ना र क्लबका समर्थकलाई सन्देश दिँदै भनेका छन्, ‘यदि कसैलाई मेरो व्यवहार र कसनै क्षणले दु:खी बनाएको छ भने त्यसमा धेरै शंका नगर्नुस्, मैले जहिले क्लबको भलाइका लागि सोचेको हुँ ।’

बार्सिलोनाले ला लिगाको यो सिजनको सुरुवात जीतसँगै गरेको छ । आफ्नो पहिलो खेलमा भिल्लारियललाई ४–०गोलले पराजित गर्दा मेस्सीले एक गोल गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ८ : १६ बजे

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने

‘निकै जतन गरी चलाएका सवारिसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२