सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु | Khabarhub Khabarhub

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीका एक जना कोरोना भाइरस संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ।

धरानस्थित विपी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीका ३५ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो।

धरानमा असोज ८ गते गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालको भेण्टिलेटरमा राखेर उपचार भइरहेकोमा बिहान ३:३० बजे मृत्यु भएको उनका भाई पिन्टुकुमार यादवले जानकारी दिए।

१४ वर्षकै उमेरदेखि चिनी रोगबाट पीडित उनको दुबै मृगौलाले काम गर्न छाडेपछि गोल्डेन अस्पताल विराटनगरले आठ दिन उपचार गरेर घर फर्काएको थियो। गोल्डेन अस्पतालमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना संक्रमण नेगेटिभ आएको थियो।

घरमा एक रात राखेर पुनः उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकोमा असोज ८ गते कोरोना संक्रमण देखिएको थियो। उनको शव धरानमा रहेको छ।

मृतकका परिवारका सदस्यले गाउँमै दागबत्ती दिएर अन्त्यष्टि गर्न चाहेको बताए। अग्नीसाइर कृष्णसवरण गाउँपालिका-३ का वडा अध्यक्ष तेजनारायण यादवले नेपाली सेनाले धरानमा शव व्यवस्थापनको तयारी गरिरहेको जानकारी दिए।

संक्रमितको आमामा मङ्गलबार कोरोना संक्रमण पुष्टि भएपछि गएराति राजविराजस्थित आइसोलेशन केन्द्र भर्ना गरिएको छ। संक्रमितको सम्पर्कमा आएका परिवारका सदस्यहरु र छिमेकीहरुको पीसीआर परीक्षण गर्न लागिएको वडा अध्यक्ष यादवले बताए।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : १८ बजे

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार