सिटी र युनाइटेड विजयी हुँदा बर्नली र ब्राइटन पराजित « Khabarhub

सिटी र युनाइटेड विजयी हुँदा बर्नली र ब्राइटन पराजित


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इएफएलको अन्तिम १६ मा म्यान्चेस्टर सिटीले बर्नलीमाथि फराकिलो जीत हात पारेको छ ।

बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सिटीका लागि रहिम स्ट्रलिङले दुई र फेरान टोरेसले एक गोल गरे ।

गोलरहित बराबरी चलिरहेको खेलमा सिटीका स्ट्रलिङले ३५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलले अघि रहेको सिटीका लागि स्ट्रलिङले व्यक्तिगत र टीमका लागि ४९ औं मिनेटमा गोल गर्दै दोहोरो अग्रता दिलाएका थिए ।

२–० को सहज अवस्थामा रहेको सिटीका लागि टोरेसले ६५ औं मिनेटमा गोल गर्दै सिटीलाई ३–० गोलको फराकिलो अवस्थामा पुर्‍याएका थिए ।

बर्नलीले सिटीविरुद्ध गोल फर्काउन नसक्दा हार व्येहोर्न पुग्यो ।

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई ३–० कै अन्तरमा पराजित गरेको छ । ब्राइटनविरुद्ध युनाइटेडका स्कट म्याकटोमिनेले ४४ औं मिनेटमा, जुआन माटाले ७३ औं मिनेटमा र पाउल पोग्वाले ८० औ मिनेटमा गोल गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : ५५ बजे

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०