बार्सिलोनाले भित्र्यायो अयाक्सका डेस्ट « Khabarhub

बार्सिलोनाले भित्र्यायो अयाक्सका डेस्ट


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस महारथी बार्सिलोनाले अमेरिकी खेलाडी सेर्गिनो डेस्टलाई अनुबन्ध गरेको छ।

बार्सिलोनाले बिहीबार बेलुका डेस्टसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । नेदरल्याण्डको च्याम्पियन टोली अयाक्सबाट बार्सिलोनाले ५ वर्षका लागि उनलाई क्लबमा भित्र्याएको हो ।

बार्सिलोनाले १९ वर्षीय युवा खेलाडी डेस्टलाई २१ मिलियन युरो खर्च गरेर अनुबन्ध गरेको हो । उनलाई लैजान बार्सिलोनाले थप ५ मिलियन युरो खर्च गरेको बताइएको छ ।अब उनी बार्सिलोनामा सन् २०२५ सम्म रहनेछन् ।

डेस्टलाई जर्मन क्लबले नि आफ्नो टीममा आवद्ध गर्ने तयारी गरे पनि बार्सिलोनाको अयाक्ससँगको सम्बन्धका कारण बार्साले भित्र्याएको समाचारहरुमा जनाइएको छ।

अघिल्लो सिजनमा उनले अयाक्सका लागि दुई गोल गरेका थिए भने ६ गोलका लागि अवसर सृजना गरेका थिए । उनले बार्सिलोनाबाट बोल्भ्स गएका नेल्सन सेमेडोको स्थान लिनेछन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ०१ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ