चुनावमा पराजित उम्मेदवारलाई एन्फाको ‘मानार्थ’ को उपाधि « Khabarhub

चुनावमा पराजित उम्मेदवारलाई एन्फाको ‘मानार्थ’ को उपाधि


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले चुनावमा सदस्यमा पराजित उम्मेदवारलाई मानार्थ सदस्य नियुक्त गरेको छ ।

शुक्रबार एन्फाले सिराहाका महासचिव प्रविण कुमार यादवलाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

यादव राजधानी काठमाडौंमा सम्पन्न चुनावी साधारण सभामा तत्कालीन विपक्ष समूहबाट चुनाव लडेका थिए । जसमा अध्यक्ष शेर्पाको समूहले क्लिन स्पि गर्दा उनी सदस्यमा पराजित भएका हुन् ।

राजनीतिक पहुँचले उनलाई अहिले एन्फाको केन्द्रय सदस्य बन्न कुनै कुराले रोकेन । एन्फा नेतृत्वले प्रदेश २ माआफ्नो पकड बनाउन उनलाई मानार्थको उपाधि सुम्पिएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट एन्फामा प्रवेश पाएको एन्फा स्रोत बताउँछ ।

एन्फाको केन्द्रीय कार्यसमिति १७ सदस्यीय छ । जसले कार्यसमितिका निर्णयमा मत राख्न पाउँछन् । एन्फा विधानमा ९ जना सदस्य र ३ जना उपाध्यक्ष गरि १२ जना मनोनयन गर्न पाउने उल्लेख छ । अहिलेसम्म एन्फाले मानार्थमा ११ जनालाई नियुक्त दिइसकेको छ ।

मानार्थ सदस्यको नियुक्ति पत्र हस्तान्तरण गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा साथमा महासचिव इन्द्रमान तुलाधर र उपाध्यक्ष उपेन्द्रमान सिंह ।

विश्व फुटबलको नियामक निकाय फिफाले पटक–पटक कार्यसमितिको संख्या घटाउन भने पनि एन्फा नेतृत्व घटाउने भन्दा बढाउने ध्याउन्नमा लागेको छ ।

फिफाले कार्यसमिति धेरै सदस्यीय भयो भन्दै आएको एन्फा महासचिव इनद्रमान तुलाधरले स्वीकारेका छन् ।

‘फिफाले यसमा चासो देखाएका हो । तर, हामीले डाइलग गरिरहेका छौं,’ उनले भने ।

नोबेल कोरोना भाइरस (कोभिड १९) ले फुटबल गतिविधि ठप्प रहँदा धमाधम नियुक्ति दिइएको विषयमा एन्फा स्रोत भन्छ, ‘खेल गतिविधि भइरहेका हुन्थे भने कार्यसमितिमा मान्छे लैजानु स्वभाविक हो । किनकी गतिविधि भइरहँदा जनशक्ति अभाव हुन सक्छ । तर, यस्तो समयमा के गर्न खोजेको हो उहाँहरु नै जानुन् ।’

चुनावमा हारेको मान्छेलाई कसरी केन्द्रीय सदस्यमा मनोनित भए भन्ने प्रश्नको जवाफमा महासचिव तुलाधरले ‘नो कमेन्ट्स’ भनेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ४८ बजे

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने