प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिड्स युनाइटेडको खेल बराबरी « Khabarhub

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिड्स युनाइटेडको खेल बराबरी


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिड्स युनाइटेडले बराबरी खेल्दै अंक बाडेको छ ।

शनिबार राति भएको खेलमा लिड्स युनाइटेडबीचको खेल १-१ गोलको बराबरीमा टुंगिएको हो ।

लिड्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले अंक बाड्न बाध्य भयो ।

खेलको १७औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ५९औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेको तीन मिनेटपछि नै रोड्रिगोले गोल गरेका हुन् ।

लिड्ससँगको बराबरीसँगै सिटीले ३ खेलमा ४ अंक जोडेको छ । सिटी लिगको दशौँ स्थानमा रहेको छ । लिड्स ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : १० बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार