हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको शानदार जित « Khabarhub

हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको शानदार जित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले शानदार  जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा फ्राइबर्गलाई ४-० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले फराकिलो जित निकालेको हो ।

डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै इम्री कान र फेलिक्स पास्लकले एक/एक गोल गरे ।

खेलको ३१औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

४७औं मिनेटमा कानले गोल गर्दै डर्टमण्डको अग्रता २-० को बनाए । खेलको ६६औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३-० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा फेलिक्सले गोल गर्दै डर्टमण्डलाई ४-० को सहज जित दिलाए ।

जितसँगै डर्टमण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डले ३ खेलमा २ जितसहित ६ अंक जोडेको छ । फ्राइबर्ग ३ खेलमा ४ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : ४५ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै