हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको शानदार जित « Khabarhub

हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको शानदार जित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले शानदार  जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा फ्राइबर्गलाई ४-० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले फराकिलो जित निकालेको हो ।

डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै इम्री कान र फेलिक्स पास्लकले एक/एक गोल गरे ।

खेलको ३१औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

४७औं मिनेटमा कानले गोल गर्दै डर्टमण्डको अग्रता २-० को बनाए । खेलको ६६औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३-० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा फेलिक्सले गोल गर्दै डर्टमण्डलाई ४-० को सहज जित दिलाए ।

जितसँगै डर्टमण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डले ३ खेलमा २ जितसहित ६ अंक जोडेको छ । फ्राइबर्ग ३ खेलमा ४ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : ४५ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज