चेल्सीको सहज जित, क्रिस्टल प्यालेस ४-० ले पराजित | Khabarhub Khabarhub

चेल्सीको सहज जित, क्रिस्टल प्यालेस ४-० ले पराजित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले दुई गोल गरे । यस्तै बेल चिलवेल र कुर्ट जौमाले एक एक गोल गरे ।

स्टामफोर्ड ब्रिजमा पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा चार गोल गरेको थियो ।

खेलको ५०औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ६६औं मिनेटमा कुर्टले गोल गर्दा चेल्सीको अग्रता दोब्बर बनाए ।

जोर्गिन्होले ७८औँ र ८२औं मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट दुई गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए ।

जितसँगै चौंथो स्थानमा उक्लिएको चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ ।  क्रिस्टलको भने ४ खेलमा ६ अंक जोड्दै आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : १० बजे

भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला

किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’ 

काठमाडौं– नेकपा एकीकृत समाजवादी केन्द्रका नेता किसान श्रेष्ठले आफूहरू नेकपा

झापा महिला गोल्डकपमा आज सङ्कटा र झापा भिड्ने

झापा– झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आज (बुधबार)

विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका