चेल्सीको सहज जित, क्रिस्टल प्यालेस ४-० ले पराजित « Khabarhub

चेल्सीको सहज जित, क्रिस्टल प्यालेस ४-० ले पराजित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले दुई गोल गरे । यस्तै बेल चिलवेल र कुर्ट जौमाले एक एक गोल गरे ।

स्टामफोर्ड ब्रिजमा पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा चार गोल गरेको थियो ।

खेलको ५०औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ६६औं मिनेटमा कुर्टले गोल गर्दा चेल्सीको अग्रता दोब्बर बनाए ।

जोर्गिन्होले ७८औँ र ८२औं मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट दुई गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए ।

जितसँगै चौंथो स्थानमा उक्लिएको चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ ।  क्रिस्टलको भने ४ खेलमा ६ अंक जोड्दै आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : १० बजे

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०