मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार, १२ जना नियन्त्रणमा « Khabarhub

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार, १२ जना नियन्त्रणमा


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरिएको छ ।

आइतबार साँझ काठमाडौंबाट हवाईमार्ग हुँदै फर्किएका मुख्यमन्त्री पोखरेल भैरहवा एअरपोर्टबाट बुटवलतर्फ आउँदै गर्दा बुटवलको राजमार्ग चौराहामा कांग्रेस कार्यक्रताले ढुंगा प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले मुख्यमन्त्री सवार गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको पुष्टि गरे ।

ढुंगामुढा गर्दा स्कर्टिङसहितको गाडीको सिसा फुटेको जनाइएको छ । ढुंगामुढा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

प्रहरीले ढुंगामुढा प्रहार गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य संघसंस्थाले विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ५२ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि